Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसी चम्किँदा च्याम्पियन्स लिगमा पिएसजीको रोमाञ्चक जित

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको आफ्नो तेस्रो खेलमा पेरिस सेन्ट जर्मनले आरबी लेइपजिगमाथि जित निकालेको छ। मंगलबार राति भएको खेलमा पिएसजीले लेइपजिगलाई ३–२ गोलले पराजित गरेको हो।

पिएजसीको जितमा लियोनल मेसीले २ गोल गरे भने किलियन एमबाप्पेले एक गोल गरे। किलियन एमबाप्पेले नवों मिनेटमै घरेलु पार्क डे प्रिन्सेसमा पिएसजीलाई अग्रता दिलाएका थिए। तर खेलको २८ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लेइपजिगलाई खेलमा फर्काए।

चोटका कारण नेयमारको अनुपस्थिती रहेको खेलमा माउरिसियो पोचेटिन्होको टोलीले अर्को गोल खाएपछि घरेलु मैदानमा पराजय भोग्ने स्थिती आएको थियो। दोस्रो हाफको ५७ औं मिनेटमा नोर्डी मुकिइलेले गोल गर्दै लेइपजिगलाई २–१ ले अघि बढाए।

तर मेसीले ७ मिनेटको अन्तरमा २ गोल गर्दै पिएसजीको जित पक्का गरे। ६७औं मिनेटमा पहिलो व्यक्तिगत गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याएका मेसीले ७४औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। यसै समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगीमाथि ५–१ गोलको शानदार जित निकालेको छ।

मंगलबारका नतिजापछि तीन खेलको समाप्तीमा सात अंकका साथ पिएसजी समूहको शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी ६ अंकका साथ दोस्रो स्थानमा छ। यसैगरी चार अंक जोडेको ब्रुगी तेस्रो स्थानमा छ भने लेइपजिगले अंकको खाता खोल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077