Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एथ्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित, नायक बनेका ग्रिजम्यान खलनायक बन्दा तनाव !

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको खेलमा एट्लेटिको म्याड्रिडमाथि लिभरपुलले रोमाञ्चक जित निकालेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले एथ्लेटिकोलाई ३–२ गोलले हराएको हो।

लिभरपुलको रोमाञ्चक जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले गोल गरे। एट्लेटिकोका लागि दुवै गोल ग्रिजमनले गरेका थिए। खेलको आठौं मिनेटमा मोहम्द सलाहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। १३ औं मिनेटमा नावी केइटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए।

त्यसपछि २०औं मिनेटमा एन्टोनी ग्रिजमनले कोकीको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। ३४औं मिनेटमा ग्रिजमनले जोआओ फेलिक्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

एथ्लेटिकोलाई खेलमा फर्काएका ग्रिजमन दोस्रो हाफमा अन्जानमा खलनायक साबित भए। ५२औं मिनेटमा बल खोस्ने क्रममा रोबर्टाे फिर्मिनोलाई खुट्टाले टाउकोमा प्रहार गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिँदै मैदान बाहिर पठाए। ७८औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३–२ को रोमाञ्चक जित दिलाए।

समूह ‘बी’ को अर्काे खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेले इटालियन क्लब एसी मिलानलाई १–० ले पराजित गरेको छ। पोर्टाेको जितमा दोस्रो हाफमा लुइस डियासले गरेको गोल नै निर्णायक बन्यो।

जितपछि अपराजित रहेको लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समूहमा पहिलो हार बेहोरेको एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ। पोर्टाे ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। लगातार तेस्रो हार बेहोरेको मिलान अंकविहीन हुदै पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077