Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशीमा पानीको बहाव २ लाख ६१ हजार क्युसेक नाघ्यो, ४२ ढोका खोलिए

सुनसरी । विगत दुई दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ ।

सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा लगातार परेको भारी वर्षाका कारण पानीको सतह बढ्दो क्रममा रहेको कोसी ब्यारेजले जनाएको छ ।

आज बिहान १० बजे गरिएको मापन अनुसार कोसी ब्यारेजमा दुई लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले अझै पानीको बहाव बढ्ने क्रममा नै रहेको कोसी ब्यारेज प्रशासनले जनाएको छ । नदीको पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् ।

पानीको बहाव बढेपछि आवश्यकता अनुसार थप ढोका खुला गरिने ब्यारेज प्रशासनले जनाएको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च देखिएको छ । नदीमा पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कता सूचक रातो बत्ती बालिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077