Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

च्याम्पियन्स लिग : पिकेको गोलले बार्सिलोनालाई राहत

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा बार्सिलोनाले डिनोमो किभलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले १–० गोलको कठिन जित निकालेको हो।

बार्सिलोनाका लागि एकमात्र निर्णायक गोल जेरार्ड पिकेले गरेको थिए। ३६ औं मिनेटमा पिकेले गोल गरेका थिए। जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भएका थिए।

सोही अग्रतालाई जोगाउँदै बार्सिलोना च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गराउन सफल रह्यो। च्याम्पियन्स लिगमा यसअघिका २ खेलमा बार्सिलोना पराजित भएको थियो।

जितपछि बार्सिलोना समूह इमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। शीर्षस्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ। यससँगै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने बार्सिलोनाको सम्भावना जीवितै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077