Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हुम्लाका जनतालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री (तस्बिरहरु)

काठमाडौं। उत्तरी छिमेकी देश चीनले हुम्लाका जनतालाई खाद्यान्‍न र स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् । यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन् । उनले ट्वीट गर्दै कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्न चीन–नेपालको लागि सीमा सहकार्य महत्वपूर्ण पक्ष रहेको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077