Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बार्सिलोनामा आन्सु फातीको सम्झौता नवीकरण, रिलिज क्लज एक बिलियन युरो

एजेन्सी – युवा फरवार्ड आन्सु फातीले क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन्। उनले क्लबसँग थप ६ वर्षको सम्झौता गरेका छन्।

सम्झौता अनुसार फाती १८ वर्षीय फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन्।

पछिल्लो सम्झौता अनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो।

क्लबले उनको रिलिज क्लज एक बिलियन युरो राखेको छ।

लामो समय चोटका कारण मैदानबाहिर रहेका फाती हाल खेलमा फर्किएका छन्।

उनले क्लबका लागि उच्च प्रदर्शन गरिरहेका छन्।

युवास्टार फाती च्याम्पियन्स लिगमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी तथा स्पेनिस ला लिगामा गोल गर्ने कान्छा खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077