Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएसजीमा अर्जेन्टिनी सहकर्मी भित्र्याउन मेसीको दबाब

एजेन्सी – बार्सिलोनामा व्यवसायिक फुटबलको २१ वर्षे यात्रामा पूर्णविराम लगाउँदै लियोनल मेसी फ्रेन्च्च क्लब पिएसजीमा गए। यसो त मेसी करियर अन्त्य नै बार्सिलोनाबाट गर्न चाहन्थे।

तर परिस्थिति उनले सोचेभन्दा भिन्न भइदियो। पिएसजीमा गएपनि मेसी व्यक्तिगतरुपमा खुशी छन्। तर प्रदर्शनमा भने उनी अझै पूर्णरुपले जम्न नसकेको चर्चा भइरहेको छ। मेसीले खुलेर प्रदर्शन गर्न सकिरहेका छैनन्।

मेसी पिएसजीमा गएपछि उनका राष्ट्रिय टोलीका सहकर्मी सर्जियो अगुइरोलाई खिन्न लाग्यो। मेसीसँगै बार्सिलोनाबाट फुटबल खेल्छु भनी उनी क्याटलान क्लबमा आबद्ध भए तर उनको इच्छा अधुरै रह्यो।

यसैबीच मेसीले अगुइरोलाई पिएसजीमा भित्र्याउन पहल गरिरहेको चर्चा चुलिएको छ। अन्तर्राष्ट्रि सञ्चारमाधयमहरुले मेसीले अगुइरोलाई ल्याउन क्लबभित्र परामर्श थालेको जानकारी दिएका छन्। हाल टोलीमा भएका केही खेलाडीहरु व्यवस्थापन गर्दै अगुइरोलाई ल्याउनुपर्ने पक्षमा मेसी रहेको बताइएको छ।

उता अगुइरो पनि त्यस्तो परिस्थिति मिलेमा बार्सिलोनाबाट बाहिर चाहन्छन्। मेसी नै नरहेको बार्सिलोना उनलाई त्यति सहज नभएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077