Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवादित म्यानपावर ब्यवसायीसँग श्रममन्त्री श्रेष्ठको साँठगाँठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ(किसान) विवादित म्यानपावर ब्यवसायीहरुको घेराबन्दीमा परेका छन् ।

म्यानपावर ब्यवसायमा विवादित हंसराज वाग्ले मन्त्री श्रेष्ठसँग मन्त्रालयदेखि निवाससम्मै देखिन थालेपछि नेकपा एकीकृत समाजवादी पार्टीका शुभचिन्तक ब्यवसायीहरु चिन्ता प्रकट गर्न थालेका छन् । नेपाली कांग्रेस निकट वाग्लेको धन्दा म्यानपावर ब्यवसाय भन्दा पनि शक्तिका वरिपरि रहने र लाभ लिने रहँदैआएको छ ।

नेपाली कांग्रेसको नाम लिंदै बैदेशिक रोजगार ब्यवसायी संघको एकपटक अध्यक्षसमेत भएका वाग्ले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मन्त्री श्रेष्ठको विवादित ब्यवसायी वाग्लेसँग बाक्लो उठबस देखिएपछि कामदार पठाएर रेमिट्यान्स भित्र्याउने ब्यवसायीहरु नेकपा समाजवादीसँग टाढिन थालेका छन् ।

प्रगतिशील म्यानपावर ब्यवसायीभन्दा पनि विवादित र कामदार पठाएर अलपत्र पार्ने र पैसासमेत फिर्ता नदिने वाग्लेलाई मन्त्रीले जति बढी महत्व दिन्छन् उनी त्यति नै विवादमा पर्ने एक ब्यवसायी बताउँछन् । आम ब्यवसायीहरुबीच वाग्लेको छवि राम्रो छैन । उनी ब्यवसायीहरुलाई नै दुःख दिएर लाभ लिनेमा पर्दछन् । नेकपा समाजवादी पार्टी निर्माणको चरणमा छ । मन्त्री श्रेष्ठसँग विवादित ब्यवसायीहरुको हिमचिमले उक्त पार्टी निकट ब्यवसायीहरु नै टाढिंदै जान थालेका छन् । वाग्लेको समाजवादी प्रवेशसँगै ब्यवसायिक रुपमा सफल बलबहादुर तामाङ कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

[caption id="attachment_93331" align="alignnone" width="847"] हंशराज वाग्लेलाई दशैंमा टिका लगाउँदै मन्त्री[/caption]

म्यानपावर जगतमा बदनाम वाग्लेलाई कांग्रेसनिकट ब्यवसायीहरुबीच नै बहिस्कृत भएपछि उनी समाजवादीमा प्रवेश गरेका हुन् । वाग्लेले हालसालै अर्का कांग्रेस निकट ब्यवसायी ज्ञानु गैरेलाई पनि नेकपा समाजवादीमा प्रवेश गराएका छन् । श्रेष्ठ श्रम मन्त्री भएपछि वाग्ले र गैरेको अधिकांश समय उनको निवासमा बित्ने गरेको छ । मन्त्री श्रेष्ठसँग तस्वीर सामाजिक संजालमा राख्ने र निकट सम्बन्ध छ भन्दै वाग्ले र गैरेले म्यानपावर ब्यवसायीबीचमा पावर सो गर्दैआएका छन् ।

[caption id="attachment_93332" align="alignnone" width="708"] मन्त्री किसान श्रेष्ठसँग ब्यवसायी ज्ञानु गैरे[/caption]

कोरोनाले थलिएको म्यानपावर ब्यवसायलाई राहत दिनुपर्नेमा वाग्ले र गैरे तिनै ब्यवसायीका बारेमा भए नभएका कुरा मन्त्रीलाई लगाउने र फेरि मिलाइदिउँला भन्दै मोलमोलाई गर्न तल्लीन रहेको स्रोत वताउँछ । कतार प्रहरीमा भर्ना गर्ने भनेर २ सय जनासँग प्रतिब्यक्ति १४ लाख रुपैयाँसम्म असुली गर्ने अल ताक्केत ओभरसिजका अनुराज प्रधानलाई जोगाउन पनि वाग्ले र गैरेले मोलमोलाई गरिरहेको एक म्यानपावर ब्यवसायी दाबी गर्छन्।

कतार ठगी प्रकरणमा अनुराज प्रधानबिरुद्द सिआईबीले समेत गोप्य रुपमा अनुसन्धान गरिरहेको वताइएको छ।

चोरीका गाडी खरिद बिक्री धन्दामा समेत संलग्न प्रधानले कतार प्रहरीमा पठाउनका लागि लिएको पैसा फिर्ता नगरेपछि पीडितहरुले कानुनी उपचारमा जाने चेतावनी दिएकाले उनी वाग्ले र गैरेमार्फत् मन्त्री श्रेष्ठलाई प्रभावमा पार्ने खेलमा छन् ।

प्रतिब्यक्ति १४ लाख रुपैयाँसम्म असुली गरेको पाइएपछि कतारले उक्त म्यानपावरबाट कतार प्रहरीमा भर्ना नलिने निर्णय गर्न बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077