Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज बार्सिलोना र रियल म्याड्रिडबीच महाभिडन्त हुँदै, हालसम्मको तथ्याङ्कमा को बलियो ?

एजेन्सी।  यस सिजनको पहिलो इएल क्लासिको आज (आइतबार) हुँदैछ। चिर-परिचित दुई क्लब बार्सिलोना र रियल मड्रिडबीचको खेल नेपाली समयअनुसार आज राति ८ बजे शुरु हुनेछ। सिजनको पहिलो एल क्लासिको खेल्नुअघि रियल १७ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने बार्सिलोना १५ अंक जोड्दै सातौं स्थानमा छ ।

यसपटकको इएल क्लासिकोमा प्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी दुबै हुने छैनन् । रोनाल्डोले २०१८ मै स्पेन छाडेका थिए भने मेसी हालै पिएसजीमा गएका छन्।

ला लिगा इएल क्लासिकोमा बार्सिलोना र रियलबीच हालसम्म १ सय ८२ खेल भएको छ। तीमध्ये ७५ खेल रियलले जितेको छ। ७२ खेलमा बार्सिलोना विजयी भएको छ। त्यस्तै दुई टोलीबीचको ३५ खेल बराबरीमा सकिएको छ।

सबैखाले प्रतिस्पर्धामा दुई टोलीबीच २ सय ४६ आधिकारिक खेल भएका छन्। तीमध्ये रियलले ९८ खेल जितेको छ। बार्सिलोनाले ९६ खेल जितेको छ। ५२ खेल बराबरीमा सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077