Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, बलिङ–ब्याटिङ दुबैमा निरीह बन्यो भारत

एजेन्सी । आइसिसि टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा भारतविरुद्ध पाकिस्तानले ऐतिहासिक जित निकालेको छ।

आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो।

भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा भेट्टायो। पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले शानदार प्रदर्शन गरे। उनीहरु दुबै जनाले अर्धशतकीय पारी खेले।

टी–२० विश्वकपमा भारतविरुद्ध यो पास्तिानको पहिलो जित हो। यससँगै विश्वकपमा पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

पाकिस्तानका लागि रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का हिर्काउँदै ७९ रन बनाए भने कप्तान आजमले पनि ६८ रन बनाए।

त्यसअघि भारतले टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। भरातका लागि कप्तान विराट कोहलीको अर्धशतकीय पारी खेले। कप्तान कोहलीले ४९ बलमा ५७ रन बनाए।

बलिङतर्फ पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077