Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालोन डी’ओर : मेसीलाई टक्कर दिने कोही छैन, प्रतिस्पर्धी नै भन्छन्, ‘मेसीले जित्नुपर्छ’

एजेन्सी । यस वर्षको बालोन डी’ओरको दौड अन्तिम चरणमा प्रवेश गरेको छ। दौडमा विशेषगरी लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, करिम बेन्जेमा र जर्जिन्हो रहेका छन्।

स्पेनिस मिडिया मार्काले गरेको एक सर्वेक्षणमा मेसी नै बालोन डी’को सबैभन्दा लायक व्यक्ति ठहरिएका छन्। मार्काको पोलमा ३४ प्रतिशतले मेसीलाई रोजेका छन् भने २६ प्रतिशतले बेन्जेमालाई। त्यसैगरी लेवान्डोस्कीलाई ११ प्रतिशत मत प्राप्त भएको छ।

लुइस सुआरेजले बालोन डी’ओर दौडमा मेसीको प्रतिस्पर्धी नै नभएको बताएका छन्। ‘बालोन डी’ओरका लागि तपाईले एक वर्षले कसले के गरेको छ भनेर मात्र हेर्नुहुँदैन। यसका लागि एक खेलाडी कस्तो छ भनेर पनि हेर्नुपर्छ,’ उनले भने।

‘मलाई लाग्छ मेसीको प्रतिस्पर्धी नै छैन,’ सुआरेजले थपे।

मेसी अहिले पनि बालोन डी’ओर रेसमा सबैभन्दा अगाडि छन्। उनले यस वर्ष ४८ खेलमा ४० गोल गर्दै १४ गोलका लागि सघाएका छन्। यो तथ्याङ्क क्लबहरु बार्सिलोना, पिएजसी र राष्ट्रिय टोली अर्जेन्टिनामा मेसीले गरेको प्रदर्शनको हो।

यस वर्ष मेसीले कोपा डेलरेको उपाधि जितेका छन्। साथै उनले राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि जितेका छन्।

मेसीसँगै प्रतिस्पर्धामा रहेका जर्जिन्हो पनि बालोन डी’ओरको लायक मेसी नै भएको बताउँछन्। ‘मेसीको सट्टा मैले बालोन डी’ओर जिते भने यो स्क्याण्डल बन्छ। उनले सधैं यो जित्नुपर्छ,’ जजिन्होले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077