Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीको प्रश्न- परमादेश त पाँच जनाले गरेका थिए, किन एक जनासँग मात्र राजीनामा मागेको ?

    ओलीको प्रश्न- परमादेश त पाँच जनाले गरेका थिए, किन एक जनासँग मात्र राजीनामा मागेको ?

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

    मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले भने,’ ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनुपर्ने होइन र ?’



    यस्तै अध्यक्ष ओलीले न्यायाधीशहरुले आफ्नो कमजोरी आफैं उधिन्न थालेको भन्दै सर्वोच्च अदालतमा अहिले तमासा देखिएको टिप्पणी गरे । ‘श्रीमान न्यायाधीश कसले के के गरेको थियो । अलिकति उधिन्न थाल्नुभएको छ’ उनले भने ।



    पार्टीको अधिवेशन यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ । पार्टीको नयाँ विधानबमोजिम गाउँ–नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

    एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार