Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आबुधाबीको सडकमा रातो बत्तीमा मोटरसाइकल कुदाउँनेलाई १६ लाख जरिवाना तिराइयो

एजेन्सी । युनाइटेड अरब इमरेट्सको आबुधाबीमा सडकमा ट्राफिक सिग्नलको उलंघन गर्ने एक व्यक्तिलाई १६ लाख ३२ हजार जरिवाना तिराइएको छ । साथै मोटरसाइकल चालकको सवारी साधन समेत जफत गरिएको बताइएको छ।

गल्फ न्युज समाचारका अनुसार अबुधाबी पुलिसले मोटरसाइकल चालकहरुलाई रातो सिग्नल क्रस नगर्न र मोटरसाइकल पछाडि ल्याउन भनेको थियो । तर, उक्त चालकले प्रहरीको आदेशको समेत अवहेलना गरेका थिए।

आबुधाबी पुलिसद्वारा जारी एक बयानका अनुसार, मोटरसाइकल गुड्दा रातो बत्ती बलिरहेको बेलामा साधारण तय १००० दिराम जरिवाना हुनेछ । उनलाई १२ वटा कालो अंकुश लगाउनुका साथै उक्त सवारी साधनलाई ३० दिनका लागि नियन्त्रणमा लिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077