Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

किशोरीलाई भारत पुर्‍याई जबरजस्ती यौन व्यवसायमा लगाउने 'डान्स टिचर' पक्राउ

चितवन । मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न रहेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका-१० बस्ने ५० वर्षीय बिश्वबन्धु घिमिरे रहेका छन् ।

घिमिरेलाई गत शनिबार भरतपुर महानगरपालिका-२ क्षेत्रपुरबाट प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

ब्यूरोका अनुसार पक्राउ परेका घिमिरेले एक १९ वर्षीया किशोरीलाई आफू कोरियोग्राफरको भएको र दुबईमा स्टेज शो मा महिनाको १ लाखदेखि ४ लाखसम्म कमाई हुने भन्दै भारत पुर्याएका थिए।

लाखौं पैसा कमाई हुने प्रलोभन देखाएर घिमिरेले ती किशोरीलाई २०७० फागुन ४ गते काकडभिट्टा हुँदै भारतको बैंगलौर पुर्‍याई जबरजस्ती यौन व्यवसायमा लगाएको प्रहरीको अनुसन्धानमा खुल्न आएको ब्यूरोले जनाएको छ।

भारतबाट ०७१ वैशाख १५ गते माईती नेपालको सहयोगमा नेपाल आएकी किशोरीको जाहेरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो ।

घिमिरेले विगत ३० वर्षदेखि विभिन्न नृत्य केन्द्रहरूमा नृत्य प्रशिक्षकका रुपमा काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका घिमिरेमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077