Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप : श्रीलंकामाथि अष्ट्रेलियाको जित

काठमाडौं । आईसिसि टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकालाई हराएको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।

दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टाया्। अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले शानदार प्रदर्शन गरे।

वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए। स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४ रन बनाएको थियो। श्रीलंकाकाक लागि कुशल पेरेराले र चरिथ आशलंकाले समान ३५ रन र भानुका राजापस्काले ३३ रनको योगदान दिए। बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्क र आजम जाम्पाले समान २–२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077