Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बुद्ध एयर जहाज प्रकरण : घुमाई फिराई पाइलटमाथि नै दोष !

    बुद्ध एयर जहाज प्रकरण : घुमाई फिराई पाइलटमाथि नै दोष !

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । केही समयअघि दुर्घटनाबाट बचेको बुद्ध एयर प्रकरणमा चालकदलको कमजोरी भएको पाइएको छ। घटनाको छानबिन गर्न बनेको समितिले प्रतिवेदनमा चालकदलको कमजोरी भएको औँल्याएको छ।

    प्रतिवेदनले ल्यान्डिङ गियर खुलेको तर अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा तर त्यसको जाँच नगरी उडाएको पाइएका कारण चालक दल दोषी भएको उल्लेख गरेको छ।



    विमानको पांग्रा नखुलेपछि विराटनगरमा अवतरण हनु नसकेको विमान काठमाडौं फर्किएको थियो। वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले घटनासम्बन्धी छानबिन गरी चालक दललाई दोषी ठहर गरेको हो।



    ‘१५ हजार घण्टा जहाज उडाइसकेका वरिष्ठ क्याप्टेन अनि पाइलटका पनि गुरु–पाइलटबाट गल्ती हुन सक्छ’ भन्ने प्रमाणसहितको प्रतिवेदन बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीलाई बुझाइएको छ।

    असोज ११ गते बिहान काठमाडौं विमानस्थलबाट ७३ यात्रु बोकेर विराटनगर उडेको विमान अवतरण हुनै लाग्दा ल्यान्डिङ गियर (पांग्रा) नखुलेपछि क्याप्टेन आङ्गेलु शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौं डाइभर्ट गराएका थिए।

    बुद्ध एयरको एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ विमानको त्यस दिन पहिलो उडान थिया । अवतरणका क्रममा पांग्रा खुले÷नखुलेको संकेत गर्ने दुइटा बत्तीमध्ये ककपिटको ड्यासबोर्डसँगै रहने ‘प्राइमरी इन्डिकेटर’ ले सेन्टर (अगाडि) तथा पछाडि (दायाँ र बायाँ) गरी तीन भागमा रहेका पांग्रामध्ये दायाँ पांग्राको संकेत गर्ने बत्ती ‘नबलेको’ कारण देखाई विमानलाई काठमाडौं फर्काइएको थियो।

    त्यस दिन विमानमा कुनै समस्या नभएको, ल्यान्डिङ गियर खुलेको र अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा नराख्दा आफ्नै सामान्य गल्तीबाट झुक्किएको छानबिनकम देखिएको छ।

    क्याप्टेनले ककपिटमा भएको बत्ती जाँच नगरी विराटनगर र काठमाडौंका टावरमा भएका एटीसी र क्याबिनमा रहेकी एयर होस्टेसलाई पांग्रा खुले–नखुलेको हेर्न भनेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) मा सुनिएको छ। उनीहरूको भर पर्दा चालकदल थप अलमलमा परेको प्रतिवेदनमा उल्लेख छ ।

    ‘जहाजभित्र पर्याप्त साधन र स्रोत हुँदाहुँदै पनि तिनको सदुपयोग नगरी बाहिरी (विराटनगर र काठमाडौं टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर र एयर होस्टेस) को सूचनामा भर परेको देखियो,’ प्रतिवेदनले घटना हुनुको कारणबारे भनेको छ।

    घटना हुनुमा छानबिन समितिले क्याप्टेन शेर्पालाई मुख्य दोषी ठह¥याएको छ। शेर्पा क्याप्टेनबाहेक बुद्ध एयरको एटीआर ४२ र ७२ विमानका प्रशिक्षक पाइलट र नागरिक उड्डयन प्राधिकरणमा एटीआर विमानका पाइलटका लागि तोकिएका प्रशिक्षक डीसीपी (डेजिग्नेटेड चेक पाइलट) पनि हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार