Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० विश्वकप : बंगलादेशविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित

एजेन्सी । आईसीसी टी–२० विश्वकपको खेलमा बंगलादेशविरुछ वेस्ट इन्डिज विजयी भएको छ। शुक्रबार भएको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई तीन रनले हराएको हो।

विश्वकप खेलमा यो बंगलादेशको लगातार तेस्रो हार हो भने वेस्ट इन्डिजको पहिलो जित हो। वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३९ रनमात्र बनायो।

बंगलादेशका लागि लिट्टन दासले सर्वाधिक ४४ रन बनाए। कप्तान महमुदउल्लाहले अविजित ३१ रन जोडे। वेस्ट इन्डिजका रबी रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले समान १–१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।  वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए। रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रनको योगदान दिए।

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले समान २–२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077