Online Nepal
  • मंगलबार, २२ जेष्ठ २०८१
  • बोलेरोले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

    बोलेरोले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 2.1K
    SHARES

    file photo

    चितवन । भरतपुर चनौली सडकखण्डमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ४६ वर्षीया सुलोचना ढकाल रहेकी छिन् ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोही दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।



    ठक्करबाट घाइते महिलाको उपचारका क्रममा शुक्रबार दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार