Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेको सीईओ बन्ने हो ? फर्म भर्नुहोस् कात्तिक २७ सम्म छ म्याद

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सीईओ छनोट सिफारिस समिति खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति प्रकृया अगाडि बढाएको छ ।

समितिले नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरेको हो ।

अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा गठित नेप्सेको सीईओ छनोट सिफारिस समितिले शनिबार सूचना जारी गरेर आवेदन खुलेको जनाएको हो ।

समितिमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्य रहेका छन् ।

सीईओका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजीबजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हनु पर्ने छ । छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद्ले प्रमुख कार्यकारी अधिकृत छनोट गर्ने प्रावधान छ ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुंगानाको बर्खास्तीपछि उक्त पद खाली छ । त्यस्तै, नेप्सेका पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद पनि खाली छ । ढुंगाना र साउद दुवैले सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएका थिए ।

अहिले खाली ती दुवै पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो । दुवै समितिले सम्बन्धित पदका लागि आवेदन आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077