Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन चर्काउने कानुन व्यवसायीहरुको चेतावनी

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले कानून व्यवसायीहरुको विरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धिकरणको लागि भएको बताएको छ।

आइतबार सर्वोच्च अदालतको परिसरमा नेपाल बारको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका थिए।

यस्तै, बार एसोसिएसनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए आन्दोलन थप चर्किने चेतावनी समेत दिएको छ।

विरोध प्रदर्शनपछि नेपाल बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो बिन्दु रहेको बताए । उनले प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने जिकिर गरे।

यसैगरी, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन् ।

आइतबार प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एसाेसिएसनले आयोजना गरेकाे धर्नापछि संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अधिवक्ता थापाले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश राणा असफल भइसकेको बताए।

अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले आफ्नो कामको मूल्यांकन आफैँ गर्न नसक्ने भए पूर्वप्रधानन्यायाधीशहरूको एउटा इजलास गठन गर्न पनि चुनौती दिएका छन्।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कात्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077