Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कौडा र लाखौं रकमसहित  पक्राउ परेका ‘हाईप्रोफाइल’ जुवाडे तीन दिनमै छुटे

दाङ।  कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँ सहित  तुलसीपुरबाट पक्राउ परेका ‘हाईप्रोफाइल’ सबै जुवाडेहरु छुटेका छन । प्रहरीले ३ दिनमा अनुसन्धान प्रतिबेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय दाङले धरौटीमा छाड्न आदेश दिएको हो ।

चार दिन म्याद थप गरिएको बताएको प्रहरीले  अनुसन्धान प्रतिबेदन पेश गरे लगत्तै सरकारी वकिलले जनहि २५ हजारका दरले २ लाख धरौटी बुझाएर धरौटीमा छाड्न आदेश दिएको थियो । शुक्रबार तुलसीपुरको एक खाली घरमा कौडा खेलिरहेका एमालेका नेता मानबहादुर रावत लगाएत कांग्रेस नेता सहित ८ जनाको समुहलाई प्रहरीले पक्राउगरेको थियो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएका उनीहरुलाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धान गर्नका लागि चार दिनको म्याद थप गरिदिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले आफुलाइ यस बारेमा थाहा नभएको र इलाका प्रहरी कार्यालय तुलसीपुरमा सोध्न आग्रह गरेका छन ।

एमाले नेता रावत संगै कांग्रेसका सुरेन्द्र हमाल,दिपेन्द्र गिरी दिपु सहित रोहित न्यौपाने, चित्रबहादुर बस्नेत,मिनकेतन गिरी,बिबेक मल्ल र दिगाम्बर गिरीलाई प्रहरीले कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँ सहित पक्राउ गरेको थियो । उनीहरु तुलसीपुर ६ रजौरा स्थित बिष्णु आचार्यको खाली घरमा कौडा खेलिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077