Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसीले भने, ‘सम्भव भए बार्सिलोनाकै लागि योगदान दिन चाहन्छु’

एजेन्सी । फुटबल क्लब बार्सिलोनामा २१ वर्ष बिताएर लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गए। उनको बार्सिलोनाबाटको बहिर्गमन अनपेक्षित भयो।

तर मेसीको बार्सिलोना मोह उस्तै छ। हालै मेसीले आफूले सम्भव भए बार्सिलोनालाई नै योगदान दिन चाहेको बताएका छन्। फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन्।

स्पोर्टसँगको अन्तरवार्तामा मेसीलाई ‘कुनै दिन बार्सिलोना फर्कने योजना छ कि छैन ? भनेर सोधिएको थियो। जवाफमा मेसीले भने, ‘छ, मैले जहिले पनि भनेको छु कि म क्लबलाई सहयोग गर्न खुसी हुनेछु। म कुनै दिन प्राविधिक सेक्रेटरी बन्न चाहन्छु। यदि सम्भव छ भने म पुनः क्लबलाई योगदान दिन चाहन्छु। किनभने त्यो मैले माया गरेको क्लब हो र त्यो माया सधैँ बढी नै रहन्छ।’

मेसीले गत अगस्तमा पीएसजीसँग एक वर्षको करार गरेका थिए। यसमा करारलाई थप एक वर्ष नवीकरण गर्ने विकल्प रहेको छ। उनले पीएसजी नै आफ्नो अन्तिम क्लब हुने भनेर बताएका छैनन्।

हालसम्म पीएसजीमा मेस्सीले ८ खेलमा ३ गोल गरेका छन्। फ्रेन्च लिग वानमा ५ खेल खेलेका मेसी एक गोल गर्न सकेका छैनन्। ती ३ गोल उनले च्याम्पियन्स लिगमा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077