Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष केपी ओलीलाई लाग्यो अर्को ठूलो झट्का, मुख्यमन्त्री आचार्यले पनि राजिनामा दिने

काठमाडौं । विश्वासको मत लिन लागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि राजीनामा दिने भएका छन् ।

प्रदेश सभाको आजको बैठकमा उनले विश्वासको मत लिने कार्यसूचि रहेको थियो। तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका स्रोतले जानकारी दिएको छ ।

प्रदेश १ मा ९२ सांसद सासद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक सिट रहेको छ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेकाे छ ।

आचार्य गत भदौं १० गते मुख्यमन्त्रीमा  नियुक्त भएका थिए । यो सँगै प्रदेश एकमा पनि केपी शर्मा ओली नेतृत्वको एमाले सरकार ढलेको छ। यसअघि बागमती प्रदेशमा पनि एमालेको सरकार ढलेर नेकपा एसका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077