Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: सभापतिमा उम्मेदवारी दिने सुजाताको घोषणा

विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सोमबार विराटनगरस्थित विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेत्री कोइरालाले पार्टीका दिवंगत सभापति गिरिजाप्रसाद काेइरालाको स्मरण गर्दै सभापतिमा उठ्ने घोषणा गरेकी हुन् ।

गिरिजाप्रसाद काेइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताइन्।

कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियाे नि भन्ने पत्रकारहरुको प्रश्नमा उनले सबैको इच्छा भएको उत्तर दिइन् । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ, म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु।’

केही समयअघि विराटनगरमा आएका डा.शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए । महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन् ।

यस्तै नेत्री कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठवन्धन नगर्ने बताइन्।

पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रतिलको प्रश्नमा संक्षिप्त जवाफ दिँदै उनले भनिन्, ‘यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।

महाधिवेशन मंसिर २४ २४, २५ र २६ गते काठमाडौँमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077