Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोनाको संकट चुलियो : फरवार्ड अगुइरो लामो समय मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको संकट चुलिएको छ। क्लबका फरवार्ड सर्जियो अगुइरो तीन महिना मैदान बाहिर रहने भएका छन्। डिपोर्टिभो एलाभेससँग १–१ गोलको बराबरी खेलेको खेलमा छातीको समस्या देखिएपछि उनी मैदानबाट बाहिरिरिएका थिए।

उक्त खेलपछि मेडिकल परिक्षणपछि गरिदा उनलाई काडिएयक एरिथमिया पत्ता लागेको थियो। उनलाई मुटु रोग अस्पतालमा लागिएको छ। ‘अब उनी कम्तीमा पनि तीन महसना मैदान बाहिर रहने भएका छन्। उनको रिकभरी प्रक्रिया र उपचारको प्रभावकारिता हेरेर मुल्याङ्कन गरिनेछ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अगुइरोले बार्सिलोनाका समर्थकहरुलाई सन्देश एक सन्देश दिएका छन्। ‘म ठीक छु र रिकभरी प्रक्रियाको सामना गर्न राम्रो अवस्थामा छु,’ अगुएरोले भने, ‘म माया र समर्थनका सन्देशहरुका लागि सबैलाई धन्यवाद दिन चहान्छु। जसले आज मेरो हृदयलाई बलियो बनाएको छ।’

अगुइरो यसै समरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका थिए। चोटका कारण उनले बार्सिलोनामा धेरै खेल खेलेका छैनन्। अब अगुएरोले यो तीन महिनाको अवधिमा बार्सिलोनाका केही महत्वपुर्ण खेलसँगै अर्जेन्टिनाको विश्वकप छनोटका खेलहरु पनि गुमाउने पक्का भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077