Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पिएसजी र आरबी लेइपजिग भिड्दै, हेड टु हेडमा को बलियो ?

एजेन्सी – च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) र आरबी लेइपजिगबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बुधबार राति (बिहीबार बिहान) १२ः४५ बजे शुरु हुनेछ।

हाल पिएसजी समूह ए को शीर्षस्थानमा रहेको छ। पिएसजीले ३ खेलबाट ७ अंक जोडेको छ। लेइपजिग भने अंकविहीन हुँदै तालिकाको पुछरमा रहेको छ।
पिएसजी र लेइजपिगबीच हालसम्म १८ खेल (मैत्रीपूर्णसहित)मा प्रतिस्पर्धा भएको छ। तीमध्ये १० खेल पिएसजीले जितेको छ भने लेइपजिगले ८ खेल जितेको छ।

च्याम्पियन्स लिगमा यी दुई टोलीको भेट ४ खेलमा भेट भएको छ। तीमध्ये ३ खेल पिएसजीले जितेको छ भने एक खेल अ‍ेइपजिगले जितेको छ।

समूह चरणमा यसअघि भएको खेलमा पिएसजीले लेइपजिगलाई ३–२ गोलले हराएको थिए। सो खेलमा पिएसजीका लागि लियोनल मेसीले २ गोल गरेका थिए भने किलियन एमबाप्पेले एक गोल गरेका थिए। लेइपजिगका लागि आन्द्रे सिल्भा र नोर्दी मुकिइले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077