Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोनाल्डोले युनाइटेडलाई हारबाट जोगाए

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा एटलान्टासँग हारबाट जोगाएका छन् । मंगलबार एटलान्टासँग २–२ को बराबरी खेल्दै युनाइटेड समूह एफको शीर्ष स्थानमा रहन सफल भएको हो ।

खेलमा जोसिप इलिसिचले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रोनाल्डोले खेल बराबरी गरेका थिए ।

दोस्रो हाफको सुरुवातमा नै डुभान जापाटाले इटालिएन टोलीलाई पुनः अग्रता दिलाए । हारतर्फ अघि बढिरहेको युनाइटेडका लागि इन्जुरी समयमा दोस्रो गोल गर्दै रोनाल्डोले खेलमा पुनः बराबरी गरे ।

योसँगै सन् २००३ मा रुड भान निस्टरलोयपछि युनाइटेडका लागि च्याम्पिन्यस लिगमा लगातार चार खेलमा गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् । पछिल्ला चार खेलमा रोननाल्डोले पाँच गोल गरेका छन् । जसमध्ये दुईवटा विजयी गोल र एउटा बराबरी गोल रहेका छन् । युनाइटेडका लागि उनको यो १२७ औँ गोल पनि थियो ।

समूह एफमा भिल्लेरियाल र युनाइटेडको समान ७ अङ्क रहे पनि हेड टु हेडका आधारमा युनाइटेड अघि रहेको छ । एटलान्टा ५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने यङ ब्वाइजको ३ अङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077