Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

च्याम्पियन्स लिग : युभेन्टस अन्तिम १६ मा प्रवेश, चम्किए डिबाला

एजेन्सी । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। जेनिट सेन्ट पिटर्सबर्गलाई ४–२ ले हराउँदै युभेन्टस अन्तिम १६ मा पुगेको हो।
सो खेलमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला नायक बने। उनले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे।

डिबालाले ११ औँ मिनेटमा गोल गर्दै युभेलाई अग्रता दिलाए पनि लियोनार्डो बोनुचीको आत्मघाती गोलमा जेनिट खेलमा फर्किएको थियो। दोस्रो हाफको शुरुवातमा नै डिबालाले पुनः युभेलाई अग्रता दिलाए।

फेडेरिको चिएसाले त्यसपछि युभेका लागि तेस्रो गोल गरे भने डिबालाकै पासमा अल्भारो मोराटालो ८२ औँ मिनेटमा चौथो गोल गरे। जेनिटका फरवार्ड सरदार अजमाउनले इन्जुरी समयमा सान्त्वना गोल फर्काए।

योसँगै समूह एच मा चार खेलमा चारमा नै जीत हासिल गर्दै युभेन्टस नकआउट चरणमा प्रवेश गरेको हो। उता, समूहकै अर्को खेलमा साबिक विजेता चेल्सीले माल्मोमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ। खेलमा हाकिम जियेचको एक मात्र गोल निर्णायक बन्यो। चेल्सी ९ अंकसहित दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077