Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरीको अनुसन्धान र खोजमा कुकुरको प्रयोग, उत्कृष्ट कुकुरहरु पुरस्कृत (तस्बिरहरु)

काठमाडौँ । प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजले यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा संगठनभित्रका कुकुरहरुको पूजा गरेको छ।

कार्यक्रममा सोही महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. देउती गुरूङले महाशाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी थिइन् ।

यस्तै, अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ ‘कालु’लाई पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।

साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077