Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आफ्नो पक्षमा दायर भएको रिट संवैधानिक इजलासमा पठाउने राणाको निर्णय

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशविरुद्धको मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीशलाई अलग गराउन नमिल्ने मागदाबीसहित दर्ता भएको रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार अधिवक्ताहरू गणेश रेग्मी र दीपकविक्रम मिश्रले दायर गरेको रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो।

रिटमा प्रधानन्यायाधीश जबरा समेत विपक्षी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइबाट जबरालाई अलग गराउन नहुने मागदाबी गरिएको छ।

रिट निवेदक मिश्रले मंगलबार रिटलको सुनुवाइ संवैधानिक इजलासमा तोक्न माग गर्दै पूरक निवेदश पेस गरेका थिए । मिश्रको निवेदनपछि जबराले संवैधानिक इजलास तोक्ने निर्णय गरेका हुन्।

रेग्मी र मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालको एकल इजलासले भदौ १७ मा इजलास रोक्ने आदेश गरेको थियो।

फुयालको इजलासले आदेश जारी गरेपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशानुसार भएका नियुक्ति विरुद्धको रिटको सुनुवाइ अगाडि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077