Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अरुण करिडोर आयोजना सरकारले अघि बढाउँछ: अर्थमन्त्री शर्मा

    अरुण करिडोर आयोजना सरकारले अघि बढाउँछ: अर्थमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.2K
    SHARES

    संखुवासभा । अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन् ।

    बुधबार प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताए ।



    सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै मन्त्री शर्माले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए ।



    किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उनको भनाइ थियो ।

    नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए । मन्त्री शर्माले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह समेत आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार