Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चम्किन नपाउँदै मेसी पिएसजीको स्क्वाडबाहिर

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा बुधबार राति पेरिस सेन्ट जर्मन (पिएसजी)ले आरबी लेइपजिगको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बुधबार राति (बिहीबार बिहान) १ः४५ बजे शुरु हुनेछ।

सो खेलमा पिएजसीका फरवार्ड लियोनल मेसी उपलब्ध हुने छैनन्। पछिल्लो केही दिनदेखि उनी खेलदका लागि फिट देखिएका छैनन्। सामान्य घाइते भएका मेसीले अघिल्लो गेममा पनि पहिलो हाफमात्र खेलेका थिए।

मेसी यो खेलका लागि पनि पिएसजीको स्क्वाडबाट बाहिरिएका छन्। पिएसजीले सार्वजनिक गरेको २१ खेलाडीको सूचिमा उनी अटाएका छैनन्। पिएजसीका अनुसार हाल मेसीमा २ वटा समस्या छन्। उनको घुँडा र ह्यामस्ट्रिङमा समस्या भएको पाइएको छ। सोही कारण मेसी खेलका लागि फिट नभएका हुन्।

यसअघि भएको समूह चरणको खेलमा लेइपजिग ३–२ गोलले हारेको थियो। हालसम्म २ टोलीबीच १८ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये १० खेल पिएसजी र ८ खेल लेइपजिगले जितेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077