Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पिएसजी बराबरीमा रोकियो, मुख्य स्ट्राइकरको चलेन जादु

एजेन्सी – ) युइएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लेइपजिगले बराबरी खेलेका छन्। बुधबार राति भएको खेलमा दुई टोलीले २–२ गोलको बराबरी खेलेका हुन्।

एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरेपनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो। लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे।

रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा क्रिस्टोफोर एनकुकुको गोलबाट अग्रता लिएको थियो। उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए। १२औं मिनेटमा आन्द्रे सिल्भा पेनाल्टीमा चुक्दा लाइप्जिग पनि अग्रता दोब्बर पार्नबाट चुक्यो।

२१औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै पीएसजीलाई खेलमा १–१ गोलको बराबरीमा ल्याए। उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए। ३९औं मिनेटमा वाइनाल्डमले मार्किन्हसको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।

जिततर्फ अघि बढेपनि अन्तिम समयमा प्रेसनेल किमपेम्वेले गल्ती गर्न पुगेपछि पीएसजी जितबाट वञ्चित बन्यो। पेनाल्टी बक्समा किमपेम्वेले एनकुकुलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लाइप्जिगलाई पेनाल्टी प्रदान गरेको थियो। जसमा डोमिनिक सोबोस्लाई चुकेनन्।

यो बराबरीपछि पीएसजी ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ। शीर्षस्थानको म्यानचेस्टर सिटीको ९ अंक छ। पहिलो अंक जोडेको लेइपजिग पुछारमा छ। क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077