Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१५ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

माछापुछ्रे–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा रु १५ लाख २४ हजार ७० नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार–०२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–१७ ड्यामसाईडका ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय कर्ण के.सी छन् ।

यसैगरी चितवन भरतपुर महानगरपालिका–१ घर भई पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे, पोखरा–८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा–२६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका –८ घर भई हाल पोखरा– १७ ड्यामसाईडका ३९ वर्षीय मनबहादुर खड्का छन् ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिप्रकाका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077