Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काँग्रेस जिल्ला सभापतिसहित १८ जना बौंद्धको जुवाखालबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेस दोलखा जिल्लाका सभापति काठमाडौंको बौंद्धस्थित जुवाखालबाट पक्राउ परेका छन् ।

बौद्धको नयाँ बस्तीबाट प्रहरीले जिल्ला सभापति बर्मा लामासहित १८ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ ।

पेसेवररुपमा नै जुवा खेलाउँदै आएका सागर लामाको फ्ल्याटबाट उनीहरु पक्राउ परेका हुन् ।
जुवा खेलिरहेकाहरु पक्राउ परेपनि लामा भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077