काठमाडौं। लक्ष्मीपूजाको राती कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।
जुवा खालबाट ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बाणगंगा नगरपालिका–२ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना र वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट १९ जुवाडे पक्राउ परेका हुन् ।
पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरू हाइ प्रोफाइल व्यापारी भएको कारणले नाम सार्वजनिक गराएको छैन ।