Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमसीसीकै कारण गठबन्धन धरापमा पर्ने संकेत, प्रधानमन्त्री देउवा र प्रचण्डबीच आरोप–प्रत्यारोप

    एमसीसीकै कारण गठबन्धन धरापमा पर्ने संकेत, प्रधानमन्त्री देउवा र प्रचण्डबीच आरोप–प्रत्यारोप

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आरोप–प्रत्यारोप चलेको छ ।

    हिजोको देउवाको भनाई र आजको प्रचण्डको भनाई सुन्ने हो भने त झुटोको खेती शुरु भएजस्तो पनि लाग्न थालेको राजनीतिकर्मीहरु बताउन थालेका छन् । त्यसैले पनि यसले गठबन्धनलाई नै असर त गर्दैन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।



    एमसीसी पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको आज प्रचण्डले खण्डन गरेका हुन् । राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको प्रचण्डको दाबी छ ।



    यता, हिजो (बिहीबार) बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबी गरेका थिए ।

    देउवाको अभिव्यक्तिले सत्तारुढ गठबन्धनमा तरंग आएको छ । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको दाबीभन्दा केही फरक मत राखेका हुन् ।

    देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने–‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।’

    प्रधानमन्त्री देउवा स्वयंले त्यस्तो भनेको त होइन भनेको दाबी गर्दै प्रचण्डले अघि भने–‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन ।’

    अमेरिका, बेलायत वा कुनै पनि देशले लिने अनुदान सहयोग लिनु स्वाभाविक भएको भन्दै प्रचण्डले सुरुको सहमतिमा डराउनुपर्ने कुरा नभएको बताए । तर संसदबाट पास गर्नुपर्ने व्यवस्था थप हुँदा विवाद भएको भन्दै उनले भने–‘बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्बोधन नगरिकन यसलाई पास गर्न सकिँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार