Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जाभी बार्सिलोनाको नयाँ प्रशिक्षक

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको नयाँ प्रशिक्षकमा हेर्नान्डेन नियुक्त हुने भएका छन्। शुक्रबार जाभी बार्सिलोनामा आउने पक्का भएको हो।

टोलीको लगातार खराब प्रदर्शनपछि बार्सिलोनाले रोनाल्ड कोएम्यानलाई बर्खास्त गरेको थियो। त्यसपछि बार्सिलोनाले आफ्नै क्लबका पूर्व मिडफिल्डर लिजेण्ड जाभीलाई क्लबमा ल्याउन छलफल शुरु गरेको थियो।

कतारी क्लब अल सादले जाभी बार्सिलोना जान चाहेको र आफूहरु बाधक नबने जानकारी दिएको छ। यदि उनी पुनः दोहा फर्किन चाहेका उनका लागि ढोका खुलै रहेको पनि क्लबले उल्लेख गरेको छ।

जाभी र बार्सिलोनाबीच २०२३ को जुनसम्मको सम्झौता हुने बताइएको छ। जाभीको नेतृत्वमा पहिलो खेल बार्सिलोनाले स्प्यानोलविरुद्ध खेल्नेछ। उक्त खेल नोभेम्बर २० मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077