Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिनियाँ जनमुक्ति सेनाले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

काठमाडौं । उत्तरी छिमेकी देश चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप सहयोग गरेको छ।

सोमबार चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छिन्।

सेनाका अनुसार खोपसँगै १० वटा भेन्टिलेटर र एक सय अक्सिजन कन्सन्ट्रेटर पनि प्राप्त भएको छ।

खोप प्राप्त गरेपछि सेनाले यसबारे एक प्रेस बिज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको उल्लेख गरेको छ।

केही दिन अघिमात्रै राजदूत यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई चीनको तर्फबाट आएको १६ लाख डोज खोप हस्तान्तरण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077