Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीदेखि मन्त्रीहरु, प्रधानन्यायाधीश र न्यायाधीशहरू सबै राजिनामाको योग्य छन्: ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री, मन्त्रीहरु, प्रधानन्यायाधीश र न्यायाधीशहरू सबैले राजीनामा दिनुपर्ने बताएका छन्।

सोमबार दिउँसो विराटनगर आएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका सबै मन्त्री र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्चका अन्य न्यायाधीशहरु पनि राजीनामा दिनुपर्ने खालका भएको बताए।

ओलीले सर्वोच्चबाट प्रतिनिधिसभाको पुनर्स्थापना गरेकोबारे स्मरण गर्दै सर्वोच्चले असंवैधानिक फैसला गरेको बताए।

‘जुन दिन असंवैधानिक फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना भयो, त्यही दिनदेखि प्रधानन्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो,’ उनले भने, ‘सर्वोच्चले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन। तर, यहाँ त संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी ढङ्गले व्याख्या गरिएको छ।’

फरक प्रसंगमा ओलीले एमसीसी पारित गर्न देउवाले पत्र लेखेको र प्रचण्डले नलेखेको बताएर दुईमध्ये एकले ढाँटेको टिप्पणी गरे । उनले कुनै पनि बहानामा कसैले पनि मुलुकलाई ढाँट्न नपाइने बताए।

‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ अध्यक्ष ओलीले भने, ‘दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’

केही दिनअघि प्रधानमन्त्री देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताएका थिए । तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर पत्र पठाइएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077