Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालाजु र कालिमाटी वृत्तका प्रमुख फेरीए, यस्ता छन् जिल्ला पाउने भाग्यमानी डीएसपीहरु

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

सरुवामा काठमाडौँ उपत्यकाका केही प्रहरी वृतका प्रमुखहरु फेरिएका छन् ।

जसअनुसार महानगरीय प्रहरी वृत्त कालिमाटी र बालाजु वृत्तका इन्चार्ज फेरिएका छन्।

प्रहरी वृत्त कालिमाटीमा अनिल घिमिरे र  बालाजु वृत्तमा गौतम मिश्रको सरुवा भएको हो ।

यस्तै, थानकोट वृत्त र जगाती वृत्तका इन्चार्ज पनि फेरिएका छन् । जसमा थानकोटमा डिल्लीनारायण पाण्डेय र  जगातीमा रामबहादुर केसीको सरुवा भएको छ ।

यसैगरी सरुवामा विवादास्पद डिएसपीहरु जिल्लाका प्रमुख बन्न सफल भएका छन्।

जिल्लाको इन्चार्ज पाउनेहरुमा तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपाने, सल्यानमा सुमित खड्का, प्यूठानमा सत्यनारायण थापा र जुम्लामा नरेन्द्र चन्द रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077