Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विवाह नगरेको झोंकमा प्रेमीकामाथि चक्कु आक्रमण, १८ ठाउँमा चक्कु हान्दा शरिर भयो छियाँछियाँ

एजेन्सी । छिमेकी देश भारतका एक युवकले आफ्नै प्रेमिकामाथि चक्कु प्रहार गरेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार हैदराबादका एक युवकले प्रेमिकाले आफूसँग बिहे गर्न अस्वीकार गरेको भन्दै चक्कु प्रहार गरेका हुन्।

रिपोर्टका अनुसार ती युवतीले अर्कै पुरुषसँग इन्गेजमेन्ट गरेकी थिइन्। त्यो थाहा पाउनेबित्तिकै क्रुर भएका ती युवकले रिस झोंकमा युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते बनेकी युवतीको अस्पतालमा उपचार भइरहेको हैदराबाद पुलिसले जनाएको समाचारहरुमा उल्लेख गरिएको छ।

युवतीलाई चक्कु प्रहार गर्ने ती युवकलाई प्रहरीले पक्राउ गरी आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077