Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीको निर्देशनपछि सर्वोच्च परिसरमा खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौँ । आन्दोलनरत कानुन व्यवसायीहरुको धर्नास्थल (सर्वोच्च अदालतको परिसर)मा परिचालन गरिएका सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी) हरुलाई धर्नास्थलबाट फिर्ता बोलाइएको छ।

नेपाल बार एशोसियसनका सचिव लिलामणी पौडेलका अनुसार गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा धर्नास्थलबाट सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।

यसअघि महासचिव पौडेलले गृहमन्त्री खाँणलाई धर्नास्थलबाटै फोन गरेर सुरक्षाकर्मी हटाउन आग्रह गरेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

हिजो बिहीबार अदालत परिसरमा वकिलहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि अदालत परिसरमा सशस्त्र समेतलाई बोलाइएको थियो ।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरलाई अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेट अगाडी धर्ना दिने भएपछि शुक्रबार बिहानैदेखि सशस्त्रको उपस्थिति बढाइएको थियो । तर प्रधानन्यायाधीश जबरा बारको प्रदर्शनलाई झुक्याउँदै चोर बाटोबात सर्वोच्च छिरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077