Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिरहाको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित २ युवक पक्राउ

रामनारायण यादव / सिरहा  । प्रदेश २ को सिरहास्थित छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित २ जना युवा पक्राउ परेका छन् ।

जिल्लाको भगवानपुर गाउँपालिका वडा नम्बर ४ बाट लागूऔषध नाइट्रोभेट ७५ थानसहित लहान नगरपालिका १९ बस्ने २१ वर्षीय प्रेम मण्डल पक्राउ परेका हुन् ।

प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका मण्डललाई शंका लागि चेकजाँच गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

यस्तै, सिरहाकै मिर्चैया नगरपालिका वडा नम्वर ४ स्थित आँपको बगैचाबाट लागूऔषध गाँजा र नाइट्रोभेट–१० ट्याब्लेटसहित १ जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय अनिथा महरा रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आँपको बगैचामा घुमफिर गरिरहेका महरालाई चेकजाँच गर्दा उनको साथबाट सय ग्राम गाँजा र नाईट्रोभेट–१० लेखिएको १ सय ५० थान ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077