Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रियल जुसको बट्टाभित्र लागूऔषधको धन्दा, दुई लिटर कोरेक्ससहित युवक पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले २ लिटर कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका-३ का ३० बर्षीय बबिन शाही रहेका छन्।

शाहीलाई बिहीबार साँझ जमुनाहस्थित ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट रियल जुसको बट्टाभित्र रहेको २ लिटर लागूऔषध कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट जस्तो पदार्थ फेला पारी बरामद गरिएको हो।

पक्राउ परेका शाहीमाथि आवश्यक थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077