Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जग्गा भाडामा लिएर जुवा अखडा संचालन, वौद्दबाट ५ लाख रकमसहित ८ जना जुवाडे पक्राउ

काठमाडौं। महानगरिय प्रहरी बृत्त वौद्दले कार्तिक २६ गते गौरिगाँउस्थित एक जुवा अखडाबाट ५ लाख ११ हजार ५ सय नगदसहित ८ जनालाई पक्राउ गरेको छ।

सुमन खडकाले नवराज पौडेलको ६ रोपनि जग्गा भाडामा लिई टहरा वनाई सव्जि खेती गर्दै आएकोमा उनले उक्त स्थानलाई जुवाको अखडा बनाएको प्रहरीले जनाएको छ।

सुमन खडकाले पैसाको हार जित हुने गरी कौडा खेलाई रहेको भन्ने विशेष सुचना प्राप्त भए पश्चात महानगरीय प्रहरी वृत वौद्दवाट परिचालन भई उक्त स्थानमा चेकजाच गर्दा ८ जना भेला जम्मा भई कौडा हानिरहेको अबस्थामा उक्त रकमसहित जुवाडेहरु पक्राउ परेका हुन।

उनीहरुको बारेमा थप अनुसन्धान वौद्द बृत्तवाट थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077