Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फ्रान्स विश्वकपमा छनोट, हालसम्म कुन कुन टोलीले गरे कतारको टिकट पक्का ?

एजेन्सी । फ्रान्सले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेको छ।

फिफा विश्वकप–२०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा काजकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स एक खेल अगावै विश्वकपमा पुगेको हो ।

फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिकसहित चार गोल गरे। त्यस्तै करिम बेन्जेमाले दुई गोल गर्दा एड्रिन रोविट र एन्टोनी ग्रिजमनले एक–एक गोल गरे ।

योसँगै फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेका छन् । कतारले आयोजकको हैसियतमा विश्वकप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077