Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बेल्जियम विश्वकपमा छनोट

एजेन्सी । बेल्जियम फिफा विश्वकप २०२२ मा छनोट भएको छ। छनोट चरणमा एक खेलअगावै बेल्जियमले कतारको टिकट पक्का गरेको हो।

शनिबार राति भएको खेलमा बेल्जियमले इस्टोनियालाई ३–१ गोलले पराजित गरेको छ। क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए। ७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे।

हाजार्डको गोलअघि इस्टोनिया एरिक सोरगाले एक गोल फर्काएका थिए। समूहकै अर्को खेलमा वेल्सले बेलारुसमाथि ५ १ को शानदार जीत हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077