Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानन्यायाधीश राणालाई बार अध्यक्ष श्रेष्ठले भने- आफ्ना विचौलियाहरूलाई नियन्त्रणमा राख्नू

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेका छन् ।

आइतबार सर्वोच्च अदालतको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्ना विचौलियालाई नियन्त्रणमा राख्न जबरालाई आग्रह गरेका हुन् ।

दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने उद्देश्यले प्रदर्शन गरेका हुन्।

तर, प्रधानन्यायाधीश जबरा आजपनि चोरबाटो हुँदै सर्वोच्च छिरेका छन्। यसअघि गत शुक्रबार पनि बारको आन्दोलनलाई छिचोल्दै जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077