Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सोमबारदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने बारको घोषणा

काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुको आन्दोलनलाई बिथोल्न खोजेको आरोप लगाएका छन्।

आइतबार बारको आह्वानमा कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिएका थिए । तर, मोटरसाइकलमा आएका केही युवाहरुले प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका थिए ।

धर्नापछिको विरोधसभालाई सम्बोधन गर्दै महासचिव पौडलले भने, ‘घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौं ।’

यस्तै पौडलले सोमबारदेखि आफूहरुको आन्दोलन सर्वोच्चमा केन्द्रित गर्ने बताएका छन्। 'भोलि (सोमबार)देखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुन्छ,' उनले भने, ‘यसको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077